अनिँदो नबस है तँ म बिना निदाउन सक्दैनस्

ओठ छोडेर जाने बेला हाँसोले भन्यो

तँलाई हाँसो खुब सुहाउँछ

हाँसिराख है


आँखा छोडेर निस्किने बेला ज्योतिले भन्यो

बाटो हेरेर हिँड है

धराप छ जताततै


छाती बाट निस्किने बेला मुटुले भन्यो

नदुख है कहिल्यै तँ कोमल छस्


उठेर गएको निन्द्राले भन्यो

अनिँदो नबस है तँ म बिना निदाउन सक्दैनस्


अन्तिममा मैले हाँसेर भनेँ

छोडेर जानेले 

यति धेरै पिर लिएको सुहाउँदैन

यति धेरै पिर लिनेले

छोडेर जान सक्दैन।


प्रदीप रोदन

   गोरखा

Post a Comment (0)
Previous Post Next Post