प्रिय
हुन त यी दिनहरुमा सङ्गै हुने रहर कस्लाई हुदैँन र?एउटा गुलाब चुँडेर दिनु भन्दा एउटा गुलाब को बोट हुर्काउनु भनेकी थियौ पोहोर भ्यालेन्टाइन डे मा!
तिमी सङ्गै नहुदाँ तिम्रो यादमा फुलिरहेको गुलाब लाई पटक पटक चुमेको छु मैले!
प्यार हुर्काएको त्यो गुलाब को बोटको छवि तिमिलाई पठाएर तिम्रो खुशीको छवि पढेको थिएँ मैले!
साच्चै तिमिलाइ एकदिन चुमेर एकदिन आलिङ्गन गरेर प्रेम लाई पर्व बनाउनु छैन मलाइ! प्रेम हरदिन गरिनुपर्छ मैले सधै तिमिलाई चुम्न सक्नुपर्छ र सधैं मीठो आलिङ्गन हुनुपर्छ हामिमा!
एक अर्कालाई बुझ्न कोसिस गर्ने प्रस्ताब दिनहुँ राखिनुपर्छ भन्ने सोच्छु म!
तिमिलाइ समीप आउने प्रस्ताव सदैब गर्नुपर्छ मैले, तिमिले पनि त मलाई नजिकै बोलाउने प्रस्ताब दिनहुँ राख्नुपर्छ!
एक अर्कालाई बुझ्न कोसिस गर्ने प्रस्ताब दिनहुँ राखिनुपर्छ भन्ने सोच्छु म!
एकदिन चक्लेट दिएर तिम्रो मन मीठो र लिएर मेरो मन मीठो हुन्छ र ? सधै गुलिया वचन हामिबिच ग्रहण र प्रदान हुनुपर्छ!
सङ्गै रहन सकिएन यतिबेला र पनि छिटै भेट्न आतुर छौ हामी!
सम्झनाको पाना पल्टाएर मैले तिम्रो झझल्को सधैं चुमेको छु!!तिमिले पनि त हरघडी मेरा तस्विर चुमेकी छौ!!
यो मन सधैं तिमिलाई चुमेर फर्किन्छ एउटा मीठो आलिङ्गन खोज्छ र सयौ जुनि नछुटिने प्रतिबद्दता गर्छ! अथाह माया बोकेर यो मन तिमितिरै पठाइदिएको छु!!
रोदन
