कसरी खोज्नु मान्छे हराए झैँ देश हराए

को को जुट्छन् मैले हारेको खबरमा आज।

दुश्मनले भोज राख्यो उसको घरमा आज।


महोदय हिजो पसेको थिएँ मायाको नदीमा,

म कसरी आइपुगे होला यो बगरमा आज।


बगाएको मुढाले पनि पानी छेक्छ कुनैदिन,

तिमी छौ मलाई बगाउने चक्करमा आज।


कसरी खोज्नु मान्छे हराए झैँ देश हराए,

जात्रा लागेको छ हजुरको शहरमा आज।


कसैको हातको भरमा हिँड्दा लडेको थिएँ,

हिँड्नु परेको छ एक लौरोको भरमा आज।

Post a Comment (0)
Previous Post Next Post