तिमीलाई देखेर आज रोदन मुस्कुराएको छ


दशैँ सँगै आँखामा आँसु पनि आएको छ।

छोराले पुरानो लुगा बा लाई पठाएको छ।


स्वाद पाएको छैन आजसम्म त के भयो,

एउटा तराजुले मासु जोख्न त पाएको छ।


तिमी चिसा आँखा सुकाउन किन सक्दैनौ,

एक डोरीले यहाँ चिसो लुगा सुकाएको छ


कमसेकम तिमी आएर आगो सल्काइदेउ,

मलाई यो जिन्दगीले अगेनो बनाएको छ।


अहो मेरै पसलमा सिन्दुर किन्न आइपुग्यौ,

तिमीलाई देखेर आज रोदन मुस्कुराएको छ।

Post a Comment (0)
Previous Post Next Post